सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले मोटरसाइकल र प्रतिबन्धित ट्याब्लेट बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी अन्तर्गतको टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा उक्त ट्याब्लेट र मोटरसाइकल बरामद गरेको हो।
बरामद गरिएको ट्याब्लेट र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।