०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

दसैँमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बल AFP को निःशुल्क बस सेवा संचालनमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक ०५, २०८३

 

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको छ । यात्रुहरूको सहज आवतजावतका लागि दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको हो ।

दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने गरेको छ । सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।

सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा सोमबारबाट लगातार तीन दिन, बिहान ८ देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।

कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर, नयाँ बसपार्क हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

दसैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बसको सेवा सञ्चालन गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले मोटरसाइकल र प्रतिबन्धित ट्याब्लेट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी अन्तर्गतको टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा उक्त ट्याब्लेट र मोटरसाइकल बरामद गरेको हो। बरामद गरिएको ट्याब्लेट र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

चाडपर्व लक्षित तस्करी बढ्यो,कपिलवस्तु प्रहरीले बरामद गर्‍यो ४ लाख ३४ हजारका सामानहरु कपिलवस्तु । चाडपर्व नजिकिँदै गर्दा कपिलवस्तुमा तस्करी बढेको छ। जिल्ला प्रहरीले हरेक दिन लाखौं मूल्यका बिलबिजकविहीन सामान समात्दै आएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आइतबार बिहान मात्र जिल्लाका दुई स्थानबाट ४ लाख ३४ हजार २ सय रुपैयाँ बराबरका बिलबिजकविहीन तथा अवैध रूपमा […]

  पर्सा । बिरामी जिल्लामा असोज महिनामा विभिन्न प्रकृतिका १११ वटा आपराधिक घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा १२० जना प्रतिवादीलाई पक्राउ गरिएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार असोज महिनामा सामाजिक अपराधका ६१, संगठित तथा आर्थिक अपराधका […]