०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

जिल्ला प्रहरी पर्साले असोज महिनामा १११ आपराधिक घटना दर्ता,१२० प्रतिवादी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक ०५, २०८३

 

पर्सा । बिरामी जिल्लामा असोज महिनामा विभिन्न प्रकृतिका १११ वटा आपराधिक घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा १२० जना प्रतिवादीलाई पक्राउ गरिएको छ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार असोज महिनामा सामाजिक अपराधका ६१, संगठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी ९, ज्यानसम्बन्धी ८, बालबालिकासम्बन्धी ६, सवारी ज्यानसम्बन्धी २ र अन्य प्रकृतिका ४ घटना दर्ता भएका छन्।

विवरणमा कर्तव्य ज्यानको १, हातहतियारसम्बन्धी २, बैंकिङ कसुरका १३, जुवातासका २ र ठगीको १ घटना पनि उल्लेख छ।

*लागुऔषध प्रमुख चुनौती*
पर्सामा लागुऔषध नियन्त्रण प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ। असोज महिनामा लागुऔषध सम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ।

असोजमा ४० वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३४४ वटा सवारीसाधनलाई कारबाही गरी १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियान अन्तर्गत ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरिएको छ। अवैध वन पैदावार नियन्त्रणका क्रममा ७ जनालाई पक्राउ गरी १४ वटा साइकल र ५४ क्युफिट काठ बरामद गरी ३ लाख ११ हजार ६०० रुपैयाँ जरिवाना गरिएको छ।

असोजमा १८ वटा विपद्सम्बन्धी घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते र १ जना बेपत्ता भएका छन्। १७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

अपराध न्यूनीकरणका लागि जिल्ला प्रहरीले २२५ वटा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको र त्यसबाट ४ हजार ७३८ जना लाभान्वित भएको एसपी भट्टराईले बताए। चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न विशेष प्रहरी टोली परिचालन गरिएको उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले मोटरसाइकल र प्रतिबन्धित ट्याब्लेट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी अन्तर्गतको टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा उक्त ट्याब्लेट र मोटरसाइकल बरामद गरेको हो। बरामद गरिएको ट्याब्लेट र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

चाडपर्व लक्षित तस्करी बढ्यो,कपिलवस्तु प्रहरीले बरामद गर्‍यो ४ लाख ३४ हजारका सामानहरु कपिलवस्तु । चाडपर्व नजिकिँदै गर्दा कपिलवस्तुमा तस्करी बढेको छ। जिल्ला प्रहरीले हरेक दिन लाखौं मूल्यका बिलबिजकविहीन सामान समात्दै आएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आइतबार बिहान मात्र जिल्लाका दुई स्थानबाट ४ लाख ३४ हजार २ सय रुपैयाँ बराबरका बिलबिजकविहीन तथा अवैध रूपमा […]

  पर्सा । बिरामी जिल्लामा असोज महिनामा विभिन्न प्रकृतिका १११ वटा आपराधिक घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा १२० जना प्रतिवादीलाई पक्राउ गरिएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार असोज महिनामा सामाजिक अपराधका ६१, संगठित तथा आर्थिक अपराधका […]