०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

करोडौं खर्च गरिएको पाल्पा सडक भत्कियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक ०६, २०८३

 

तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ।

गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै सडकको ढलान, पिच तथा वाल पहिरोले बगाएर सडकमा यात्रा गर्न अप्ठ्यारो परेको हो।

तानसेन नगरपालिकाको सिफारिसमा विश्व बैंकको ६७ करोड लगानीमा ६ किलोमिटर बढी सडक निर्माण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]

  काठमाडौं । उहाँ हुनुहुन्छ – नेपाल प्रहरीका एसएसपी दिलीप घिमिरे र उहाँकी धर्मपत्नी एसपी वसुन्धरा खड्का, प्रमुख जिल्ला प्रहरी कार्यालय झापा। व्यक्तिगत खुसी र पारिवारिक समयभन्दा माथि उठेर अहोरात्र देश र नागरिकको सुरक्षामा खटिने यो राष्ट्रसेवक जोडीप्रति हार्दिक सम्मान तथा सलाम।

  सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले मोटरसाइकल र प्रतिबन्धित ट्याब्लेट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी अन्तर्गतको टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा उक्त ट्याब्लेट र मोटरसाइकल बरामद गरेको हो। बरामद गरिएको ट्याब्लेट र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।