दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्।
केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ।
सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसीले कडा कारबाही गर्नुपर्ने सुझाव दिनुभएको छ।
उहाँले सार्वजनिक सम्पत्ति संरक्षणमा सबै नागरिक सचेत हुनुपर्ने र चोरी गर्नेहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो।