दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नं. गंगदीस्थित सालभौरी गाउँ आसपास केही दिनदेखि जंगली भाले हात्ती गाउँमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
साँझ पर्ने बित्तिकै हात्ती गाउँ पस्ने गरेको स्थानीयले बताएका छन्। हात्ती अहिले राजमार्ग हाईवेमा समेत देखा पर्न थालेको सवारी चालकहरुले बताएका छन्।
यसैबीच डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले हात्ती देखिएको क्षेत्रमा अनावश्यक रूपमा नजान, हात्तीलाई जिस्क्याउने वा नजिक जाने काम नगर्न तथा हात्ती देखिएमा सुरक्षित दूरी कायम राख्न आग्रह गरेको छ।
हात्तीलाई गाउँबाट जंगलतर्फ धपाउने प्रयास भइरहेको वन कार्यालयले जनाएको छ।