१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

आईजिपी दानबहादुर कार्कीको अनुरोध विपद्को असर कम गर्न अभूतपूर्व सहकार्य गरौं,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १५, २०८३

 

काठमाडौं । आदरणीय आमा-बुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण सञ्चारकर्मी मित्रहरू,
जय नेपाल!

वर्षा, सम्भावित हावाहुरी तथा त्यसले निम्त्याउन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति न्यूनीकरण गर्नु हामी सबैको साझा दायित्व बनेको छ।

यस संवेदनशील घडीमा नेपाल प्रहरी आफ्नो मूल कर्तव्यमा रहेर नागरिकको सुरक्षाका लागि २४सै घण्टा दत्तचित्त भएर खटिरहेको छ र खटिरहनेछ।

यस कार्यमा यहाँहरू सबैको साथ, सहयोग र सहकार्य अपरिहार्य छ।

विशेष गरी, यस्तो बेलामा नागरिकसम्म सही समयमा सही सूचना पुर्‍याएर क्षति कम गर्न सञ्चारकर्मी मित्रहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। नेपाल प्रहरी यहाँहरूको निष्पक्ष, तथ्यपरक र साहसिक रिपोर्टिङको उच्च सम्मान गर्दछ।

साथै, सञ्चारकर्ममा कतै कुनै अवरोध नहोस् भन्नका लागि आवश्यक सहयोग र समन्वय गर्न नेपाल प्रहरी पूर्ण रूपमा प्रतिबद्ध छ।

आऔं, विपद्को असर कम गर्न हामी सबै मिलेर अभूतपूर्व सहकार्य गरौं।

*दानबहादुर कार्की*
*प्रहरी महानिरीक्षक, IGP नेपाल प्रहरी*

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]

  सल्यान । जिल्लामा अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको हुँदा सबैमा जानकारीका लागि अनुरोध छ। अत्यावश्यक सेवाका सवारी साधनहरू (एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, खाद्यान्न तथा औषधि बोकेका सवारी) बाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइएको हो। सबैले सहयोग गरिदिनुहुन जिल्ला प्रशासन कार्यालय, सल्यान अनुरोध गर्दछ।