बारा । फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उद्घाटनको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको छ।
स्थानीयका अनुसार उद्घाटनको विषयमा दुई समूहबीच विवाद चर्किएर झडपको स्थिति सिर्जना भएको थियो। झडप नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गरेको र त्यसक्रममा प्रहरीमाथि नै ढुंगामुढा प्रहार हुन थालेपछि जवाफी कारबाही स्वरूप प्रहरीले गोली चलाएको जनाइएको छ।
प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्। उनको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने अवस्था अहिले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।