१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सुर्खेतमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

सुर्खेत माघ ७ सुर्खेतको भेरीगंगा नगरपालिका १२ छिन्चुमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। बा ३ ख ६३५२ नम्बरको गाडीले ठक्कर दिँदा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएको हो।
मंगलबार राति पौने ९ बजेतिर गाडीले उनलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ। प्रहरीका अनुसार गाडीको ठक्करबाट घाइते भएका बोहराको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
मृतक बोहरा आफू सवार भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकेर बाटोमा हिँडिरहेको अवस्थामा गाडीले ठक्कर दिएको थियो।
यस्तै मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै सवारी साधन चल्न दिएका छैनन्। आफन्तले बाटो बन्द गराएपछि वीरेन्द्रनगर हुँदै नेपालगञ्ज, जाजरकोट तथा सुर्खेतका अन्य पूर्वी क्षेत्रमा चल्ने सवारी साधन ठप्प भएका छन्।
आफन्तले बाटोमा टायर बालेर सवारी आवतजावत ठप्प पारेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।
प्रहरीका अनुसार ठक्कर दिने गाडीका चालक र साहु भने फरार छन्। काँक्रेविहार यातायात प्रालिद्वारा सञ्चालित उक्त गाडी प्रहरीको नियन्त्रणमा छ। चालक र साहुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!