१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

जिल्ला कारागार डोल्पाबाट फरार भएका दुई कैदीहरु रुकुम पश्चिमबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १७, २०८३

 

डोल्पा । जिल्ला डोल्पा, ठूलीभेरी नगरपालिका-०३, दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको छ।

मिति २०८३।०७।१४ गते बिहान अं. ०६:०० बजे जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ६ जना कैदी र २ जना थुनुवा गरी जम्मा ८ जना कारागारबाट भागी फरार भएका थिए।

फरार कैदी तथा थुनुवाहरूको खोजतलास गर्ने क्रममा रुकुम पश्चिमबाट दुई जनालाई पक्राउ गरिएको हो।

*पक्राउ पर्नेहरूमा:*

*१.* जिल्ला रुकुम पश्चिम, आठबिसकोट नगरपालिका-१० घर भएका ३२ वर्षीय रामबहादुर कामी। निज जबरजस्ती करणी सम्बन्धी कसुरमा १८ वर्ष कैद सजाय तोकिएका कैदी हुन्। निजको १३ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको थियो।

*२.* जिल्ला सल्यान, कुमाख गाउँपालिका-०५ घर भएका २८ वर्षीय रेशम राना। निज जबरजस्ती करणी सम्बन्धी कसुरमा १२ वर्ष कैद सजाय तोकिएका कैदी हुन्। निजको ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको थियो।

पक्राउ परेका दुवै जनालाई रुकुम पश्चिमबाट डोल्पा कारागार ल्याउने कार्य भइरहेको छ भने फरार रहेका अन्य कैदी तथा थुनुवाहरूको खोजतलास कार्य तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सरकारी वेबसाइटमा राखिएको नेपाली पात्रो बिग्रिएको दुई साता बितिसक्दा पनि सच्याउने तर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन। पात्रोमा मिति, तिथि र सार्वजनिक बिदा समेत फरक परेपछि सरकारी कामकाज र सेवाग्राहीमा अन्योल सिर्जना भएको छ। सरकारी वेबसाइटलाई नै आधिकारिक मान्ने सेवाग्राहीहरू गलत मितिका कारण समस्यामा परेका छन्। सामान्य प्राविधिक त्रुटि भए पनि […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिकाको बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीको संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा स्थानीय जनताका समस्या र जनसरोकारका विषयमा विस्तृत छलफल गरिएको छ। बैठकमा पार्टीका स्थानीयदेखि केन्द्रीय तहसम्मका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले पार्टीको सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने, स्थानीयस्तरमा संगठन विस्तार गर्ने तथा जनताका […]

  डोल्पा । जिल्ला डोल्पा, ठूलीभेरी नगरपालिका-०३, दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको छ। मिति २०८३।०७।१४ गते बिहान अं. ०६:०० बजे जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ६ जना कैदी र २ जना थुनुवा गरी जम्मा ८ जना कारागारबाट भागी फरार भएका थिए। फरार कैदी तथा थुनुवाहरूको खोजतलास गर्ने […]