काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक *श्री नारायणदत्त पौडेल*ले सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ।
भ्रमणका क्रममा महानिरीक्षक पौडेलले रेजिमेन्टद्वारा आयोजित दंगा नियन्त्रण सम्बन्धी प्रदर्शनको अवलोकन समेत गर्नुभयो।
सो अवसरमा महानिरीक्षक पौडेलले जुनसुकै समयमा उत्पन्न हुनसक्ने विरोध प्रदर्शन, सम्भावित आन्दोलन तथा शान्ति सुरक्षा सम्बन्धी बहुआयामिक चुनौतीहरूलाई मध्यनजर गर्दै त्यस्ता परिस्थितिमा सशस्त्र प्रहरी बल, नेपालको प्रभावकारी परिचालनको सुनिश्चितताका लागि आवश्यक सम्पूर्ण तयारी गर्न निर्देशन दिनुभयो।
उहाँले जवानहरूको तयारी, अनुशासन र क्षमता प्रति सन्तोष व्यक्त गर्दै सधैं उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिनुभयो।