बाँके । कोहलपुर नगरपालिका वडा नं. ४ किरणनाला मदनचोक स्थित ३ नं. प्रहरी बिटको नव-निर्मित भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख *श्री पूर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी अंगुर जी.सीको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ३ र वडा नं. ४ का वडा अध्यक्षहरू, विभिन्न सरकारी तथा गैर-सरकारी संघ-संस्थाका प्रतिनिधिहरू, स्थानीय भद्रभलादमी तथा उपस्थित सम्पूर्ण अतिथिहरूको उपस्थिति रहेको थियो।
नव-निर्मित भवनले यस क्षेत्रमा शान्ति सुरक्षा सुदृढ गर्न र प्रहरी सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।