२० कार्तिक २०८३, शुक्रबार
06-11-2026 , Fri
×

सशस्त्र प्रहरी महानिरीक्षक IGP पौडेलद्वारा दंगा नियन्त्रण रेजिमेन्टको स्थलगत निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २०, २०८३

 

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक *श्री नारायणदत्त पौडेल*ले सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ।

भ्रमणका क्रममा महानिरीक्षक पौडेलले रेजिमेन्टद्वारा आयोजित दंगा नियन्त्रण सम्बन्धी प्रदर्शनको अवलोकन समेत गर्नुभयो।

सो अवसरमा महानिरीक्षक पौडेलले जुनसुकै समयमा उत्पन्न हुनसक्ने विरोध प्रदर्शन, सम्भावित आन्दोलन तथा शान्ति सुरक्षा सम्बन्धी बहुआयामिक चुनौतीहरूलाई मध्यनजर गर्दै त्यस्ता परिस्थितिमा सशस्त्र प्रहरी बल, नेपालको प्रभावकारी परिचालनको सुनिश्चितताका लागि आवश्यक सम्पूर्ण तयारी गर्न निर्देशन दिनुभयो।

उहाँले जवानहरूको तयारी, अनुशासन र क्षमता प्रति सन्तोष व्यक्त गर्दै सधैं उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक *श्री नारायणदत्त पौडेल*ले सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा महानिरीक्षक पौडेलले रेजिमेन्टद्वारा आयोजित दंगा नियन्त्रण सम्बन्धी प्रदर्शनको अवलोकन समेत गर्नुभयो। सो अवसरमा महानिरीक्षक पौडेलले जुनसुकै समयमा उत्पन्न हुनसक्ने विरोध प्रदर्शन, सम्भावित आन्दोलन तथा शान्ति सुरक्षा सम्बन्धी बहुआयामिक चुनौतीहरूलाई मध्यनजर गर्दै त्यस्ता […]

  काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.*को प्रमुख आतिथ्यतामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)”* ले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८३/६/२३ को निर्णयबाट स्वीकृत _“एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३”_ बमोजिम यो केन्द्र स्थापना भएको हो। यस केन्द्रमा नियामक निकाय, […]

बाँके । कोहलपुर नगरपालिका वडा नं. ४ किरणनाला मदनचोक स्थित ३ नं. प्रहरी बिटको नव-निर्मित भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कोहलपुर नगरपालिकाका नगर प्रमुख *श्री पूर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी अंगुर जी.सीको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. […]