२० कार्तिक २०८३, शुक्रबार
06-11-2026 , Fri
×

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) ले सेवा प्रारम्भ गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २०, २०८३

 

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.*को प्रमुख आतिथ्यतामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)”* ले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ।

नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८३/६/२३ को निर्णयबाट स्वीकृत _“एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३”_ बमोजिम यो केन्द्र स्थापना भएको हो।

यस केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, वालेट, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै भौतिक कक्षबाट एकीकृत रूपमा कार्य गर्नेछन्।

साइबर स्क्याम र ठगीहरूलाई यथाशीघ्र प्रतिकार्य गरी जोखिम घटाउँदै डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने केन्द्रको लक्ष्य रहेको छ।

साइबर ठगी सम्बन्धी उजुरी तथा सूचनाहरू २४ सै घण्टा प्राप्त गर्नका लागि सम्पर्क अधिकृत तोकी *१२४७* आकस्मिक फोन नम्बरको समेत व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.*को प्रमुख आतिथ्यतामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)”* ले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ। नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८३/६/२३ को निर्णयबाट स्वीकृत _“एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३”_ बमोजिम यो केन्द्र स्थापना भएको हो। यस केन्द्रमा नियामक निकाय, […]

बाँके । कोहलपुर नगरपालिका वडा नं. ४ किरणनाला मदनचोक स्थित ३ नं. प्रहरी बिटको नव-निर्मित भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कोहलपुर नगरपालिकाका नगर प्रमुख *श्री पूर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी अंगुर जी.सीको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. […]

  दाङ । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरूप जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका थुनुवाहरूमा पठन संस्कृतिको विकास, ज्ञान तथा चेतनाको अभिवृद्धि र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले स्थापित *हिरासत पुस्तकालय*का लागि पुस्तक सहयोग प्राप्त भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव *सविन प्रियासन* र दाङ शाखाका अध्यक्ष *सन्तोष सुवेदी*द्वारा विभिन्न ज्ञानमूलक तथा प्रेरणादायी पुस्तकहरू सहयोग […]