बुटवल । यात्रा गर्दै हुनुहुन्छ भने सचेत रहनुहोस् ! महेन्द्र राजमार्ग अन्तर्गत *नारायणगढ देखि बुटवल सम्म* का विभिन्न ठाउँमा सडकमा ठूल्ठूला खाल्डाखुल्टी परेका छन्। त्यस मध्ये *मध्यविन्दु नगरपालिका अन्तर्गत चोरमारा उकालो* मा समस्या झनै गम्भीर छ।
लगभग हप्ता दिन भित्रै मोटरसाइकल लगायत अन्य सवारीसाधन दुर्घटना भएको पाइन्छ।
प्रश्न यो हो — यसको जिम्मेवारी कसको ?
बोल्दा र जानकारी गराउँदा सम्बन्धित पक्ष र निकायले जिम्मेवारी ओहदामा भएको खोज्छन्, तर सम्बन्धित पक्षलाई थाहा हुँदाहुँदै पनि बेवास्ता गरिएको हो कि आफन्तको पर्खाइमा हो ? अहिलेसम्म कुनै ठोस प्रक्रिया चालेको पाइँदैन।
यस विषयमा फेरि पनि सम्बन्धित पक्षको ध्यान जाओस् भन्ने चाहन्छु। सडक मर्मत समयमै गरियोस्, अरुको ज्यान नजाओस्।