बाँके । कोहलपुर तिहारका बेला विद्युत, दीयोबत्ती तथा पटकाका कारण हुनसक्ने सम्भावित आगजनी नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले इलाका प्रहरी कार्यालय कोहलपुरलाई आगलागी नियन्त्रण उपकरणहरू हस्तान्तरण गरेको छ।
यी उपकरणहरू इलाका प्रहरी कार्यालय कोहलपुरमार्फत मातहतका प्रहरी इकाईहरूमा वितरण गरिनेछ, जसले आपतकालीन अवस्थामा तत्काल आगो नियन्त्रण गर्न सहज हुनेछ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी *चक्र बहादुर डमरपाल* लाई सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख *पूर्ण आचार्य* ले सुरक्षा र सावधानीलाई पहिलो प्राथमिकता दिँदै तिहारलाई हर्षोल्लास, उमङ्ग र खुसीका साथ मनाउन सबैमा अपिल गर्नुभयो।