काठमाडौं । पशुपतिनाथ मन्दिरको दर्शनका लागि नेपाल आएका भारतीय नागरिक तथा मोटो भ्लगर (Moto Vlogger) सोनु मालीको चोरी भएको मोटरसाइकल खोजतलास गरी हस्तान्तरण गरिएको छ।
प्रहरीले खोजतलास गरी फेला पारेको मोटरसाइकल मालीला हस्तान्तरण गरेको हो। मोटरसाइकल फिर्ता पाएपछि मालीले नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गरेका छन्।
नेपाल भ्रमणमा आएका पर्यटकको सुरक्षामा प्रहरी सक्रिय रहेको र चोरी भएका सवारी साधनको खोजतलासलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।