बाँके । नेपालगञ्ज राष्ट्रिय जनमत पार्टी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ का वडा इन्चार्जहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
आज सम्पन्न कार्यक्रम पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष उर्फ बुलडोजर बाबाको विशेष उपस्थितिमा गरिएको हो। कार्यक्रम आयोजना गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
कार्यक्रममा यही आउँदो मंसिर १ गते राष्ट्रिय जनमत पार्टीको प्रथम वार्षिकोत्सव पर्न गएकोले सोही दिन अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने निर्णय सर्वसम्मतले गरिएको छ।
कार्यक्रममा केन्द्रीय सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह, केन्द्रीय सदस्य अब्दुल गफुर खान, युवा नेता सद्दाम खान, निजाम इद्रिसी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति अब्दुल कादिर साई, महिला नेतृ रिया पौडेल, जिल्ला नेता शैलेन्द्र सिजापति, केन्द्रीय सदस्य राजेश बर्मा, रमजान अलि राई, रिजवान शेष, बेचन बानिया, रामनाथ मन्डल, महिला नेतृ बेबी बानो हल्वाई लगायतको सहभागिता रहेको थियो।
*राष्ट्रिय जनमत पार्टी जिन्दावाद।*
*बुलडोजर छाप जिन्दावाद।
*इरफान अहमद शेष*
*केन्द्रीय संरक्षक,राष्ट्रिय जनमत पार्टी*