२९ कार्तिक २०८३, आइतबार
15-11-2026 , Sun
×

मानिसलाई आगो लगाई फरार रहेका व्यक्ति दाङ प्रहरीद्वारा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक २८, २०८३

 

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ निवासी गोमे चौधरीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिको नाम, ठेगाना र पक्राउ परेको स्थानबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ।

घटनामा घाइते भएका चौधरीको उपचार भइरहेको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको दाङ प्रहरी स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । प्रहरीले जुवाको खालबाट नगदसहित १७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुबाट नगद रकम र जुवा खेल्न प्रयोग हुने सामग्री बरामद गरिएको दाङ प्रहरीले जनाएको छ। ४ लाख ८ हजार नगदसहित १७ जना पक्राउ परेकाहरुमाथि जुवा ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको दाङ प्रहरीले जानकारी दिएको छ ।

  बाँके । नेपालगञ्ज राष्ट्रिय जनमत पार्टी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ का वडा इन्चार्जहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । आज सम्पन्न कार्यक्रम पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष उर्फ बुलडोजर बाबाको विशेष उपस्थितिमा गरिएको हो। कार्यक्रम आयोजना गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ। कार्यक्रममा यही आउँदो मंसिर १ गते राष्ट्रिय जनमत पार्टीको […]

  दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ निवासी गोमे चौधरीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम, ठेगाना र पक्राउ परेको स्थानबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ। घटनामा घाइते भएका चौधरीको उपचार भइरहेको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ […]