२८ कार्तिक २०८३, शनिबार
14-11-2026 , Sat
×

दाङको राजापुरमा १ व्यक्तिमाथि पेट्रोल छर्केर आगो लगाईयो, घटनाबारे प्रहरीले अनुसन्धान गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक २८, २०८३

 

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ निवासी स्थानीय बासिन्दा गोमे चौधरीलाई छिमेकी गाउँका स्थानीयले पेट्रोल छर्केर आगो लगाइ दिएको घटना सार्वजनिक भएको छ ।

घटनामा परेर चौधरी घाइते भएको बताइएको छ। उनको अवस्था र उपचार भइरहेको अस्पतालबारे थप विवरण आउन बाँकी छ।

घटना किन र कसरी भयो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे जिल्ला प्रहरी कार्यालय दाङमा जानकारी आएपछि अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रहरीले घटनामा संलग्न भनिएकाहरुको पहिचान र पक्राउबारे अनुसन्धान गरिरहेको छ। थप विवरण आउन बाँकी रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । प्रहरीले जुवाको खालबाट नगदसहित १७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुबाट नगद रकम र जुवा खेल्न प्रयोग हुने सामग्री बरामद गरिएको दाङ प्रहरीले जनाएको छ। ४ लाख ८ हजार नगदसहित १७ जना पक्राउ परेकाहरुमाथि जुवा ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको दाङ प्रहरीले जानकारी दिएको छ ।

  बाँके । नेपालगञ्ज राष्ट्रिय जनमत पार्टी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ का वडा इन्चार्जहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । आज सम्पन्न कार्यक्रम पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष उर्फ बुलडोजर बाबाको विशेष उपस्थितिमा गरिएको हो। कार्यक्रम आयोजना गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ। कार्यक्रममा यही आउँदो मंसिर १ गते राष्ट्रिय जनमत पार्टीको […]

  दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ निवासी गोमे चौधरीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम, ठेगाना र पक्राउ परेको स्थानबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ। घटनामा घाइते भएका चौधरीको उपचार भइरहेको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ […]