दाङ । नेपाल पूर्व सशस्त्र प्रहरी संघको चौथो साधारण सभा दाङको सशस्त्र प्रहरी ज्वालामाई गण, भालुवाङमा भव्य रूपमा सम्पन्न भएको छ।
संघ विस्तार, अधिवेशन लगायतका कार्यलाई निरन्तरता दिँदै आयोजना गरिएको साधारण सभामा लुम्बिनी प्रदेश अन्तर्गतका पूर्व सशस्त्र प्रहरीहरू, पदाधिकारी तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा नम्बर ५ बाहिनीका बाहिनीपति *DIG श्रद्धेय दीपक अधिकारी* ज्यूको प्रमुख आतिथ्यतामा रहेको थियो। कार्यक्रममा संघको संगठन विस्तार, पूर्व सशस्त्र प्रहरीहरूको हकहित, कल्याण र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छन ।