०३ मंसिर २०८३, बिहिबार
19-11-2026 , Thu
×

आर्थिक रूपमा विपन्न रेशमानको उपचारका लागि थारुगाउँ टोल विकास संस्थाद्वारा ११ हजार ८० सहयोग,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर ०३, २०८३

 

दाङ । घोराही प्यारालाइसिसबाट पीडित रेशमान खाटबाट खसेर थप घाइते भएपछि उपचारमा आर्थिक समस्या, टोलबासी र शुभेच्छुकद्वारा सहयोग संकलन

आर्थिक रूपमा विपन्न परिवारका ५० वर्षीय रेशमान चौधरीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले थारुगाउँ टोल विकास संस्थाले ११ हजार ८० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका चौधरीको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि टोल विकास संस्थाको अगुवाइमा टोलबासी तथा अन्य शुभेच्छुकहरूबाट रकम संकलन गरी सहयोग गरिएको हो।

टोल विकास संस्थाका अध्यक्ष फुलमान चौधरीलगायत कार्यसमिति सदस्य तथा अग्रजहरूको पहलमा सहयोग रकम संकलन गरिएको थियो। संकलित रकम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पुगेर बिरामी चौधरीका परिवारलाई हस्तान्तरण गरिएको हो। टोलका अध्यक्ष फुलमान चौधरी र घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले संयुक्त रूपमा उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो।

लामो समयदेखि प्यारालाइसिसको समस्याबाट पीडित चौधरी यसै क्रममा खाटबाट खसेर थप घाइते हुनुभएको हो। उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। स्वास्थ्य समस्या र आर्थिक अभावका कारण परिवारलाई उपचार खर्च जुटाउन कठिनाइ भइरहेको छ।

चौधरीको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। विपन्नताकै कारण ग्रामीण महिला उत्थान केन्द्र दाङले निर्माण गरिदिएको घरमा उहाँको परिवार बस्दै आएको छ। घरपरिवारको आर्थिक स्रोत कमजोर हुनु र बिरामीको उपचारमा निरन्तर खर्च आवश्यक पर्नुले परिवार थप समस्यामा परेको छ।

आफ्नो टोलमा बसोबास गर्ने विपन्न तथा समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै टोल विकास संस्थाले सहयोग अभियान सञ्चालन गरेको हो। सानो–सानो सहयोगले पनि समस्यामा परेका परिवारलाई ठूलो राहत पुग्न सक्ने विश्वाससहित टोलबासी र शुभेच्छुकहरूलाई अभियानमा जोडिएको थियो।

सामाजिक एकता, मानवीय भावना र आपसी सहयोगको उदाहरण प्रस्तुत गर्दै थारुगाउँ टोल विकास संस्थाले गरेको यो पहलले विपन्न परिवारको दुःखमा समुदायको साथ र सहयोग कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ।

बिरामी चौधरीको उपचारमा थप आर्थिक सहयोग आवश्यक पर्न सक्ने भएकाले उहाँको परिवारले सहयोगी मनहरूसँग साथ र सहयोगको अपेक्षा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । नेपाल पूर्व सशस्त्र प्रहरी संघको चौथो साधारण सभा दाङको सशस्त्र प्रहरी ज्वालामाई गण, भालुवाङमा भव्य रूपमा सम्पन्न भएको छ। संघ विस्तार, अधिवेशन लगायतका कार्यलाई निरन्तरता दिँदै आयोजना गरिएको साधारण सभामा लुम्बिनी प्रदेश अन्तर्गतका पूर्व सशस्त्र प्रहरीहरू, पदाधिकारी तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नम्बर ५ बाहिनीका बाहिनीपति *DIG श्रद्धेय दीपक अधिकारी* […]

  दाङ । घोराही प्यारालाइसिसबाट पीडित रेशमान खाटबाट खसेर थप घाइते भएपछि उपचारमा आर्थिक समस्या, टोलबासी र शुभेच्छुकद्वारा सहयोग संकलन आर्थिक रूपमा विपन्न परिवारका ५० वर्षीय रेशमान चौधरीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले थारुगाउँ टोल विकास संस्थाले ११ हजार ८० रुपैयाँ आर्थिक सहयोग गरेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका चौधरीको आर्थिक अवस्था कमजोर भएका […]

  बाँके । खुला सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। सीमा क्षेत्रमा हुने चोरी तस्करी, अवैध आवागमन र आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलका डीआईजी दीपक अधिकारीले बाँकेका स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ। छलफलमा सीमा नाकामा संयुक्त गस्ती बढाउने, स्थानीयको सहयोगमा निगरानीलाई बलियो बनाउने र शंकास्पद गतिविधिबारे तत्काल सूचना आदानप्रदान […]

error: Content is protected !!