बाँके । राष्ट्रिय जनमत पार्टीमा प्रवेश गर्ने युवाहरूको लर्को लागेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३, ४ र ५ का २२ जना युवाहरू राष्ट्रिय जनमत पार्टीमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका समितिले हार्दिक स्वागत गरेको छ। प्रवेश कार्यक्रममा नवप्रवेशी युवाहरूले पार्टीको नीति, सिद्धान्त र एजेन्डाबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको बताएका थिए।
कार्यक्रममा सहभागी नेताहरूले नयाँ पुस्ताको सहभागिताले पार्टी अझ बलियो बन्दै गएको र बाँकेमा संगठन विस्तारले गति लिएको दाबी गरे।
*राष्ट्रिय जनमत पार्टी जिन्दावाद ।
बुलडोजर छाप जिन्दावाद ।