ईप्रका भालुवाङ प्रहरीद्वारा अवैध रूपमा बालुवा लोड गरेको ट्याक्टर नियन्त्रणमा,
दाङ । इलाका प्रहरी कार्यालय भालुवाङ, दाङले अवैध रूपमा बालुवा लोड गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ।
प्रहरीले नियमित गस्तीका क्रममा बिना अनुमति / अवैध रूपमा बालुवा उत्खनन गरी लोड गरेर लैजाँदै गरेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानीलाई थप कडा बनाएको छ।