बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१४ मा राष्ट्रिय जनमत पार्टी (बुलडोजर बाबा) ले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।
आजको कार्यक्रम वार्ड इन्चार्ज हाजी रमजान अलि राई ज्यूको अगुवाईमा सम्पन्न गरिएको हो।
कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह, वार्ड नं.-४ का इन्चार्ज शैलेन्द्र सिजापति, वार्ड नं.-१ का इन्चार्ज राम नाथ मन्डल, युवा नेता तथा समाजसेवी हिफजुल रहमान खान, समाजसेवी इसाक हासमी लगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा करिब २ दर्जन नेता-कार्यकर्ता राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) मा प्रवेश गरेका छन्।
पार्टी प्रवेश, अन्तरक्रिया तथा छलफल कार्यक्रममा साथ सहयोग गर्नुहुने सम्पूर्णमा र पार्टी प्रवेश गर्नुहुने सम्पूर्णमा राष्ट्रिय जनमत पार्टीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
*राष्ट्रियजनमतपार्टी बुलडोजरबाबा
नेपालगञ्ज बाँके पार्टी प्रवेश *