रसुवा । बाढीले क्षतिग्रस्त बनाएका गाडी अझै अलपत्र अवस्थामा रहेका छन्। बाढी गएको लामो समय बितिसक्दा पनि क्षतिग्रस्त सवारीसाधन उठाउन र व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ।
बाढीले बगाएर र पुरेर क्षतिग्रस्त भएका गाडी अहिले पनि बगर र सडक छेउमै थन्किएका छन्। यसले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढाएको छ।
सवारीधनीहरूले क्षतिपूर्ति र गाडी व्यवस्थापनका लागि पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताएका छन्। सम्बन्धित निकायले तत्काल क्षतिग्रस्त गाडी हटाएर उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।