बाँके । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रातको समयमा सुरक्षा व्यवस्था मजबुत बनाउन रात्रीकालीन चेकिङ कार्यक्रम सञ्चालन गरिएको छ।
चेकिङका क्रममा सवारी साधन, शंकास्पद गतिविधि तथा अवैध क्रियाकलापमाथि निगरानी गरिएको छ। नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले रात्रीकालीन गस्ती र चेकिङलाई थप प्रभावकारी बनाएको छ।