दाङ । प्रहरीका अनुसार मिति २०८३ मंसिर १३ गते दिउँसो ३:१५ बजेको समयमा लमही-घोराही सडकखण्डमा घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा.१ ख २८५६ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको बा.४० प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक बर्दियाको राजापुर नगरपालिका-२ नयाँगाउँ निवासी अन्दाजी ३१ वर्षीय राजेश कुमार चौधरी घाइते भएका थिए। घाइते चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्याइएकोमा दिउँसो ३:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि दुवै सवारी साधन र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।