बाँके । नेपालगञ्ज नागरिक बोक्ने जहाजको सिट फोल्ड गरेर मोटरसाइकल ढुवानी गरिएको तस्बिरले अहिले सामाजिक सञ्जालमा तरंग ल्याएको छ।
नेपालगञ्जबाट जुम्लासम्म उड्ने जहाजमा यात्रुको सिट खाली गरेर / फोल्ड गरेर मोटरसाइकल हालिएको देखिएको हो।
यो नियमानुसार हो कि होइन ? यात्रुको सुरक्षा र उड्डयन नियममाथि प्रश्न उठेको छ। सम्बन्धित निकायले यसबारे छानबिन गर्नुपर्ने सर्वसाधारणको माग छ।