१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

AIG मा लम्साल थापा र पाल बढुवाको लागि सिफारिस शैलेस थापा भावी IGP हुने

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

(सागर थापा)
काठमाडौं गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नाम सिफारिस गरेको छ ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरीबहादुर पाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस गरिएको हो ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बरियतामा पहिलो, दोश्रो र तेस्रो नम्बरमा रहेका उनीहरुलाई सोही बरियता अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस गरिएको छ ।
बढुवा सुचीको पहिलो नम्बरमा रहेका तारिणी लम्साल हालका प्रहरी महानिरीक्षक (आईजी) ठाकुर ज्ञवालीसंगै २०४७ असार २५ मा प्रहरी निरिक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् । उनीसँगै एकै मितिमा सेवा प्रवेश गरेका सुर्य उपाध्याय प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा पछाडी परेकाले एआईजी बढुवामा अटाएनन् ।
पहिलो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका लम्सालले ३० बर्षे सेवाहदका कारण आगामी असार २४ मा अनिवार्य अवकाश पाएपछि भावी प्रहरी महानिरीक्षक (आईजी) को लागि थापा र पालबीच प्रतिस्पर्धा हुनेछ ।
उनीहरू दुबैजना २०४९ बैशाख १९ मा प्रहरी निरिक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा सिफारिस भएका शैलेस थापा (क्षेत्री) लाई नेपाल प्रहरीको भावी (२८औं) प्रहरी महानिरीक्षक (आईजी) रुपमा हेर्न थालिएको छ ।
थापा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा छन् भने पाल विशेष ब्यूरोको प्रमुख छन् । एआईजीको दरबन्दी कम भएका कारण थापा र पालसंगै डीआईजीमा बढुवा भएका निरजबहादुर शाही, प्रध्युम्न कार्की र सुर्यप्रसाद उपाध्याय एआईजी बढुवा सिफारिसमा परेनन् । डीआईजी उपाध्याय ३० बर्षे सेवाहदका कारण आगामी असार २४ मा अनिवार्य अवकाशमा जानेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लसीपुर ७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा […]

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला। वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। […]

error: Content is protected !!