०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

सशस्त्र प्रहरीले लागूऔषध सहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

धनुषाको धनौजी गाउँपालिका ४ स्थित भडरीया नाकाबाट आइतबार एपीएफ टोलीले १५ बोतल एक्जीप्लोन सिरफ नामक लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ बस्ने ३८ वर्षिय आकाश राईन छन् ।
मोटरसाईकलमा सवार निज राईनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिँजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले निज राईनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेका निज राईनलार्ई बरामद लागूऔषध र मोटरसाईसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]