२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल सरकारले विदेश जाने कामदारको श्रम स्वीकृति रोकियो

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि रोकेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।
भाइरसको त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य स्थगन गरिएको मन्त्रालयले जनाएको हो । सरकारले यसअघि नै अत्यावश्यक काम बाहेक विदेश नजान आग्रह गरिसकेको छ ।
नेपालीहरु रोजगारीका लागि जाने खाडी मुलुकहरुमा पनि पछिल्लो समय संक्रमण देखिएको छ । कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका थिए । दक्षिण कोरिया, युएई, कतार, बहराइन र ओमानमा पनि कोरोना संक्रमित फेला परिसकेका छन् । मध्यपूर्वी मुलुकमा १० लाख नेपाली कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!