मोरङको बिराटनगर महानगरपालिका १६ दरैयाबाट आइतबार एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली को २ ह ५५४३ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो ।
एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ । बरामद माछाको भुरा तथा अटो भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ ।