२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

आईतबार मेघ गर्जनसहित पानी पर्ने ३ दिनको मौसम पूर्वानुमान

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

आइतबार केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको र देशको मध्य र पूर्वी भू–भागमा आंशिक बदली रहेको छ।महाशाखाका अनुसार दिउँसो देशका पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू९भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। यस्तो छ ३ दिनको मौसम पूर्वानुमान दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। चैत्र ०३ गते (सोमबार) दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। चैत्र ०४ गते (मंगलबार) दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]