२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

समायोजनको कारण नेपाल प्रहरी डिआइजी नै अलपत्र

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

(एबिसी क्राईम ब्युरो)
एक महिनायता नेपाल प्रहरी अस्तव्यस्त छ एकातर्फ समायोजनको गोलचक्कर र अर्काेतर्फ बढुवाको दौडधुप । एआइजीका तीन र डिआइजीका २२ पद रिक्त छन् । एआइजीमा दुई साताअघि नै बढुवा सिफारिस भएपनि प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुँदा मन्त्रिपरिषद्ले बढुवाको औपचारिक निर्णय र पदस्थापन हुन सकेको छैन । एसएसपी र एसपीका समेत दर्जनौै पद रिक्त भएकाले प्रहरी अस्तव्यस्त छ ।
एक महिनादेखि पाँच वटा प्रदेश डिआइजी विहिन छन् । प्रदेश नम्बर १, बाग्मती, गण्डकी, ५ र कर्णली प्रदेश निमित्तका भरमा चलेका छन् । जसकारण ती जिल्लामा प्रहरीभित्र समस्या उत्पन्न भइसकेको छ । केन्द्रीय विभागहरु नै अस्तव्यस्त छन् । यस्तो अवस्थामा प्रहरी मुख्यालयमा एक डिआइजी भने बेरोजगार छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीै ब्याची सूर्य उपाध्याय जिम्मेवारीविहिन छन् ।
चार महिनाअघिसम्म उनी विमानस्थल प्रहरी प्रमुख थिए । विमानस्थल प्रहरी कार्यालय महानगरीय प्रहरी कार्यालय अन्र्तगत पर्दछ । महानगरीय प्रहरी कार्यालयमा उनीभन्दा जुनियर विश्वराज पोखरेलको सरुवा भएपछि उपाध्याय त्यहाँबाट बिदा मागेर हिडेका थिए । हालसम्म उनलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिइएको छैन । महानिरीक्षककै सचिवालयमा हाजिर गर्दै आएका छन् ।
एआइजी बढुवामा पनि उनीभन्दा जुनियर ब्याचका शैलेश थापा र हरि पाल बढुवा भए । उनी छुटे । बढुवामा डिआइजीमै पछि परेका उनलाई जिम्मेवारीमा समेत बेवास्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]