०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दाङमा पार्किङ गरि राखेको बसमा आगजनी

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

गयराती अज्ञात समूहले तुलसीपुरको बसपार्कमा रहेको टिकट काउण्टर नजिकै पार्किङ गरेको ना ४ ख ७१८८ नम्बरको बसमा गरेको बस धनी सुमन कार्कीले बताउनुभयो ।
उहाँका अनुसार आगजनीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ । बसमा गयराति साढे ११ बजे आगजनी गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिनुभयो । त्यो बस दाङको भालुबाङ हुदै रुकुम चल्ने गरेको थियो । बसपार्क भित्रै पार्किङ गरी राखेको बसमा आगजनी भएपछि गाडीधनीहरु त्रसित बनेको त्रिशिद्देवरी राप्ती यातायात प्रालि तुलसीपुरका सचिव प्रकाश भट्टले बताउनुभयो ।
आगजनीमा संलग्न दोषीको तत्काल पहिचान गरि कारबाही गर्न त्रिशिद्देवरी राप्ती यातायात प्रालिले माग गरेको छ । घटनाले सवारी धनीहरुलाई असुरक्षाको महसुस गराएको उहाँले बताउनुभयो । ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक डम्बरपालले जानकारी दिनुभयो ।
तीन महिना अघिदेखि पार्किङमा गाडी राखिएको कुरा खुल्न आएको बताउदै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बर पालले कसले किन आगो लगाएको हो भन्ने कुराको अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!