२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

दाङमा पार्किङ गरि राखेको बसमा आगजनी

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

गयराती अज्ञात समूहले तुलसीपुरको बसपार्कमा रहेको टिकट काउण्टर नजिकै पार्किङ गरेको ना ४ ख ७१८८ नम्बरको बसमा गरेको बस धनी सुमन कार्कीले बताउनुभयो ।
उहाँका अनुसार आगजनीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ । बसमा गयराति साढे ११ बजे आगजनी गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिनुभयो । त्यो बस दाङको भालुबाङ हुदै रुकुम चल्ने गरेको थियो । बसपार्क भित्रै पार्किङ गरी राखेको बसमा आगजनी भएपछि गाडीधनीहरु त्रसित बनेको त्रिशिद्देवरी राप्ती यातायात प्रालि तुलसीपुरका सचिव प्रकाश भट्टले बताउनुभयो ।
आगजनीमा संलग्न दोषीको तत्काल पहिचान गरि कारबाही गर्न त्रिशिद्देवरी राप्ती यातायात प्रालिले माग गरेको छ । घटनाले सवारी धनीहरुलाई असुरक्षाको महसुस गराएको उहाँले बताउनुभयो । ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक डम्बरपालले जानकारी दिनुभयो ।
तीन महिना अघिदेखि पार्किङमा गाडी राखिएको कुरा खुल्न आएको बताउदै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बर पालले कसले किन आगो लगाएको हो भन्ने कुराको अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]