२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सेना र सशस्त्रको नाम बेचेर ८० लाख ठग्ने पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

भद्रपुर कतै नेपाली सेना, कतै सशस्त्र प्रहरी हुँ भनेर पश्चिम दैलेखदेखि पूर्वको इलामसम्मका व्यवसायीको लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ बस्ने ४६ वर्षीय प्रदीप भन्ने राजकुमार राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। राउतलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बिहीबार काँकडभिट्टाबाट पक्राउ गरेपछि प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
राउतले आफू नेपाली सेना र सशस्त्र प्रहरीको परिचय दिँदै झापाको चन्द्रगढी, चारआली, धुलाबारी, बिर्तामोड, मोरङको उर्लाबारी, विराटनगर, सुनसरीको धरान, इटहरी, गोर्खा, काभ्रेसम्मका किराना व्यवसायीलाई छुटमा सामान ल्याइदिने आश्वासन दिलाएर लाखौँ रुपैयाँ ठगी गरेको खुलेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए। ‘अहिलेसम्मको सूचना र उजुरीको आधारमा राउतले विभिन्न ८० जना व्यवसायीबाट लाखौँ ठगी गरिसकेको पाएका छौँ,’ उनले भने।’
गत माघ १० गते झापाको चारआलीस्थित सुम्निामा पारुहाङ किराना पसल पुगेका राउतले आफू चारआलीको आर्मी भएको बताउँदै छुटमा रासनका लागि आएको दाल, चिनी, तेल र मटर ल्याइदिने भन्दै सञ्चालक डाकबहादुर राईसँग १ लाख २ हजार लिएका थिए।
ठगी गर्ने राउतले ब्यारेकको १ नम्बर गेटमा गाडी पठाइदिनु भनेपछि सञ्चालक राईले आफ्नो चालकलाई पठाउँदा फोन आफ् भएपछि तत्काल चाराआली प्रहरी चौकीमा उजुरी दिएका थिए। सो घटनापछि झापा प्रहरीले प्रदेश प्रहरीको सहयोगमा राउतको खोजी सुरु गरेको थियो। व्यवसायी आफैँ लोभमा परेका कारण राउतले निरन्तर उनीहरूलाई ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार मोरङ ग्रामथान –५ बस्ने रोहण भेटवाललाई पनि त्यसैगरी ठगी गरिएको छ। उनलाई बाहुनी सशस्त्र बेस क्याम्पका कार्यरत भन्दै १ लाख १० हजार लिएर गायब भएका थिए।
मोरङ केराबारी–७ कमल घिसिङसँग २ लाख ठगी गरेको गरेको पाइएको छ। आफू धरान आर्मी बताउँदै चना ५ बोरा, चिनी ६० बोरा, मटर १० बोरा दाल २० बोरा सेलो र रिफाइन तेल ल्याइदिने भनेपछि २ लाख लिएको घिसिङको भनाइ छ।
त्यस्तै, राउतले अर्का व्यापारी धरानका सञ्जय अग्रवालसँग १ लाख ५९ हजार ५ सय ५०, धनकुटाका ग्याल्जेन शेर्पासँग १ लाख ४० हजार र इलामका रतन अग्रवालसँग २ लाख ८० हजार ठगी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई म्याद थप गरी अनुसन्धान गर्ने र अरू ठगिएका नागरिकलाई पनि सम्पर्कमा आउन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!