०१ जेठ २०८२, बुधबार
14-05-2025 , Wed
×

चैत ९ गतेदेखि एक हप्तासम्म बाँकेको जमुनाह नाका बन्द

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

महेन्द्र सिंह
बाँके विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपालगन्जस्थित जमुनाह नाका बन्द गरिएको छ । आईतबार नेपाल र भारततिय सुरक्षा निकायका प्रमुखहरुको छलफलबाट जमुनाह नाका एक हप्तालाई शिल गर्ने सहमती भएको हो ।
आईतबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख बिर बहादुर वली, शसस्त्र प्रहरी गुल्म ३० नं. गणका प्रहरी उपरिक्षक दिपक अधिकारी र भारत बहराईच जिल्ला अधिकारी सम्भु कुमार, बहराईचका एसपी बिपिन कुमार मिश्रा सहितको दुईपक्षिय छलफलका क्रममा सिमा नाका बन्द गर्ने बारे सहमती भएको हो ।
शुक्रबारदेखी सवारी साधनमा रोक लगाएपनि पैदल यात्रीहरुलाई भने आवागमनकालागि छुट गरीएको थियो । सिमा नाका बन्द गर्ने निर्णय भएसँगै अब पैदलयात्रु तथा सवारी साधन संचालन हुन पाउने छैन । यद्यपी अत्यावश्यक सामग्री ढुनावी तथा एम्बुलेन्सको हकमा आवश्यकता अनुसार आवागमन गर्न दिने सहमती भएको छ ।
यसैबिच सिमावर्ती भारतीय बजार रुपहिडिया पनि पूर्ण रुपमा बन्द हुने भएको छ । नेपालगन्ज बजार बन्द भएसँगै छिमेकी बजार रुपहिडिया बन्द गर्न बहराईच जिल्ला अधिकारी सम्भु कुमारले निर्देशन दिएको स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!