०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

चैत ९ गतेदेखि एक हप्तासम्म बाँकेको जमुनाह नाका बन्द

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

महेन्द्र सिंह
बाँके विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपालगन्जस्थित जमुनाह नाका बन्द गरिएको छ । आईतबार नेपाल र भारततिय सुरक्षा निकायका प्रमुखहरुको छलफलबाट जमुनाह नाका एक हप्तालाई शिल गर्ने सहमती भएको हो ।
आईतबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख बिर बहादुर वली, शसस्त्र प्रहरी गुल्म ३० नं. गणका प्रहरी उपरिक्षक दिपक अधिकारी र भारत बहराईच जिल्ला अधिकारी सम्भु कुमार, बहराईचका एसपी बिपिन कुमार मिश्रा सहितको दुईपक्षिय छलफलका क्रममा सिमा नाका बन्द गर्ने बारे सहमती भएको हो ।
शुक्रबारदेखी सवारी साधनमा रोक लगाएपनि पैदल यात्रीहरुलाई भने आवागमनकालागि छुट गरीएको थियो । सिमा नाका बन्द गर्ने निर्णय भएसँगै अब पैदलयात्रु तथा सवारी साधन संचालन हुन पाउने छैन । यद्यपी अत्यावश्यक सामग्री ढुनावी तथा एम्बुलेन्सको हकमा आवश्यकता अनुसार आवागमन गर्न दिने सहमती भएको छ ।
यसैबिच सिमावर्ती भारतीय बजार रुपहिडिया पनि पूर्ण रुपमा बन्द हुने भएको छ । नेपालगन्ज बजार बन्द भएसँगै छिमेकी बजार रुपहिडिया बन्द गर्न बहराईच जिल्ला अधिकारी सम्भु कुमारले निर्देशन दिएको स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]