०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

दाङमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

दाङमा स्कुटी दुर्घटना हुदा एकजनाकाे ज्यान गएकाे छ । दाङकाे घोराही देखि लमही तर्फ आउदै गरेको रा ३ प ५४३० नम्बरको स्कुटी लमही नगरपालिका वडा नम्बर ६ बेल्दमार स्थित दुर्घटना हुदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ३६ बर्षिय अमितसिंह धामीकाे मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयाे ।
उक्त दुर्घटना कति बेला भएको हो भन्ने बारे एकिन नभएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख बाबुराम जिसीले बताउनुभयाे । गम्भीर अवस्थामा रहेका धामीलाई लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ । मृतक धामी प्युठानका प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्काका भान्जा रहेको बुझिएको छ । उनको शबलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा रखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!