३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

दाङको देउखुरीमा बस दुर्घटना एकको मृत्यु तीनजना घाइते

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

(बिदुर एमसी)
भालुवाङ चैत १० दाङको पूर्वी देउखुरी कालाकाटे नजिकै जुराउने भन्ने ठाउँमा साेमवार बिहान करिव ११: बजेतिर यात्रुबाहक बस दुर्घटना भएको छ ।
सहारा यातायात प्रालिको ना ६ ख ३९६७ नम्बर रहेको साे यात्रुबाहक बस काठमाडौंदेखि दाङका लागि छुटेको थियोे । बस सडक किनारामा दुर्घटना हुँदैगर्दा त्यससँगै नजिकै आइरहेको एउटा माेटरसाइकल झुक्किएर सो बसको पछिल्लो पाङ्ग्रामुनी च्यापिन पुगेको छ । जुन माेटरसाइकल चालक रोल्पाजिल्ला गङ्गादेवी गाउँपालिका वडा नम्बर ४ निवासी वर्ष २४ का रमेश वलीको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।
माेटरसाइकलको पछाडि बसेर सवार नाम नखुलेका एकजना र बसमा सवार दुईजना गरि जम्मा ३ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लमहीतर्फ लगिएको छभने बसका अन्य सबै यात्रुहरु सकुशल रहेकोले उनीहरू अर्को बसबाट आआफ्नो गन्तव्यतिर लागेको जानकारी छ ।
बसका चालक चिरञ्जीवी पौडेल फरार रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!