२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङको फुलवारीमा काेराेना विरुद्ध माक्स वितरण

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६


देविराम कुसारी
दाङ फुलवारी चैत्र १६ काेराेना भाइरस संक्रमनका विरुद्ध दाङकाे तुलसीपुर उप-महानगरपालिक वडा नम्वर १३ फुलवारीमा अाज माक्स वितरण गरिएकाे छ ।
सुरक्षा समितिका संयाेजक एंव वडा अध्यक्ष डम्वर बहादुर नयाैपानेकाे अध्यक्षतामा माक्स वितरण गरीएकाे समितिका सदस्य सचिव विनाेद पाण्डेले जानकारी दिनुभएकाे छ ।
काेराेना विरुद्धकाे सचेताना, सरकारकाे लक डाउन निर्णयकाे अनुगमण, विदेश वाट अाएकाकाे तथ्यांक शंकलन गर्दै अाएकाे वडाले थप कार्यक्रम अन्तरगत माक्स वितरण गरेकाे सदस्य सचिव पाण्डेले जानकारी दिनुभयाे । १३ नम्वर वडामा करिव एक दर्जन गाउमा दुई दर्जन टाेल रहेका छन् । त्यी प्रत्यक टाेलमा टाेल विकास रहेकाे र टाेल विकासका अध्यक्षलाई माक्स वितरणकाे जिम्मा दिएकाे समितिका सदस्य हरिहर पाैडेलले जानकारी दिनुभयाे ।
स्वास्थ्य चाैकी फुलवारी, ईलाका प्रहरी कार्यालय फुलवारि, हस्थाई प्रहरी पाेष्ट दमारगाउँ, नेपाली सेनाकाे अम्बापुर व्यारेककाे उपस्थितिमा सात हजार पाँच सय माक्स टाेल विकास संस्थाका अध्यक्षहरुलाई जिम्मा लगाइएकाे हाे । यसरी जिम्मा लगाएका माक्स अाजै जनतालाई वितरण गरिएकाे हरियाली टाेल विकास संस्था बखरीयाका अध्यक्ष नवराज रावतले जानकारी दिनुभएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!