२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको गढवामा भारतबाट अाएका ८ जनालाई क्वारेन्टाइन पठाइयो

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

(बिदुर एमसी) दाङ गडुवा कोरोना भाइरस हुनबाट बच्न र बचाउन भारतका विभिन्न ठाउँबाट नेपाल अाएका ८ जना नागरिकलाई गढवा गाउँपालिका वडा नम्बर १ ले क्वारेन्टाइन र अाइसुलेसनमा पठाएको छ । गढवा गाउँपालिका वडा नम्बर १ रंङसिङ बस्ने अन्दाजी २२ वर्षिय गोपाल कुमाललाई बुटवल आइसुलेशनमा पठाइएको छ, सोही ठाउँका अन्दाजी २३ वर्षका जुनमान रोका र १८ वर्षका निर्मल कुमाललाई जनता मावि कालाकाटेको क्वारेन्टाइनमा राखिएको छ । त्यसै गरि ४० वर्षका गिरबहादुर रावल र १८ वर्षका राकेश रावल बाबु-छोरालाई बनघुस्री (होम क्वारेन्टाइनमा) राखिएको छ । भने १८ वर्षका बिष्णु कुमाल, २५ वर्षका पुरन कुमाल र ४० वर्षका कमल कुमाललाई वनवारी ( होम क्वारेन्टाइन)मा राखिएको गढवा गाउँपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिएका छन् । उनीहरू सवै भारतको केरेला,पञ्जाप , राजिसथान र दार्जिलिङबाट आएको वडा अध्यक्ष अधिकारीले बताएका छन् ।
उनीहरू मध्ये गोपाल कुमाल चैत्र १ गते आएको र १० गते ज्वरो आएको थियोे । कुमालको रगत परिक्षणका लागि टेकु काठमाडौं पठाईएको र हाल सम्म रिपोर्ट नआइसकेको बताइएको छ । भने जुनमान पनि गोपाल संगै आएको र ज्वरो आएको हुँदा निजलाई बुटवलमा उपचार पश्चात कालाकाटे क्वारेन्टाइनमा राखिएको छ । दुवै जनालाई भारतबाट अाए देखि ज्वरो अाइरहेको वडा अध्यक्ष अधिकारी बताएका छन् ।
अन्य सबै २,३ दिन अघि घरमा आएको र वडा स्तरीय समन्वय समिति र स्वास्थ्य शाखा कर्मचारीको सुझाव बमोजिम घरमै क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
घरमै अथवा होम क्वारेन्टाइनमा बस्नेहरूको भान्सा, बसाई, खानपिन-ट्वाइलेट, बाथरुम सबै अलग राखिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । गढवा गाउँपालिकाले वडा नम्बर १ मा रहेको जनता मावि कालाकाटे, जनमुखी आधारभूत विद्यालय रंगसिङ र आधारभूत विद्यालय वनघुस्री र लक्ष्मी सामुदायिक वन जेठान गाउँमा क्वारेन्टाइन स्थापना गरिएको छ.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]