२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङको गढवामा भारतबाट अाएका ८ जनालाई क्वारेन्टाइन पठाइयो

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

(बिदुर एमसी) दाङ गडुवा कोरोना भाइरस हुनबाट बच्न र बचाउन भारतका विभिन्न ठाउँबाट नेपाल अाएका ८ जना नागरिकलाई गढवा गाउँपालिका वडा नम्बर १ ले क्वारेन्टाइन र अाइसुलेसनमा पठाएको छ । गढवा गाउँपालिका वडा नम्बर १ रंङसिङ बस्ने अन्दाजी २२ वर्षिय गोपाल कुमाललाई बुटवल आइसुलेशनमा पठाइएको छ, सोही ठाउँका अन्दाजी २३ वर्षका जुनमान रोका र १८ वर्षका निर्मल कुमाललाई जनता मावि कालाकाटेको क्वारेन्टाइनमा राखिएको छ । त्यसै गरि ४० वर्षका गिरबहादुर रावल र १८ वर्षका राकेश रावल बाबु-छोरालाई बनघुस्री (होम क्वारेन्टाइनमा) राखिएको छ । भने १८ वर्षका बिष्णु कुमाल, २५ वर्षका पुरन कुमाल र ४० वर्षका कमल कुमाललाई वनवारी ( होम क्वारेन्टाइन)मा राखिएको गढवा गाउँपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिएका छन् । उनीहरू सवै भारतको केरेला,पञ्जाप , राजिसथान र दार्जिलिङबाट आएको वडा अध्यक्ष अधिकारीले बताएका छन् ।
उनीहरू मध्ये गोपाल कुमाल चैत्र १ गते आएको र १० गते ज्वरो आएको थियोे । कुमालको रगत परिक्षणका लागि टेकु काठमाडौं पठाईएको र हाल सम्म रिपोर्ट नआइसकेको बताइएको छ । भने जुनमान पनि गोपाल संगै आएको र ज्वरो आएको हुँदा निजलाई बुटवलमा उपचार पश्चात कालाकाटे क्वारेन्टाइनमा राखिएको छ । दुवै जनालाई भारतबाट अाए देखि ज्वरो अाइरहेको वडा अध्यक्ष अधिकारी बताएका छन् ।
अन्य सबै २,३ दिन अघि घरमा आएको र वडा स्तरीय समन्वय समिति र स्वास्थ्य शाखा कर्मचारीको सुझाव बमोजिम घरमै क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
घरमै अथवा होम क्वारेन्टाइनमा बस्नेहरूको भान्सा, बसाई, खानपिन-ट्वाइलेट, बाथरुम सबै अलग राखिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । गढवा गाउँपालिकाले वडा नम्बर १ मा रहेको जनता मावि कालाकाटे, जनमुखी आधारभूत विद्यालय रंगसिङ र आधारभूत विद्यालय वनघुस्री र लक्ष्मी सामुदायिक वन जेठान गाउँमा क्वारेन्टाइन स्थापना गरिएको छ.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

error: Content is protected !!