२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

डोटीमा एक महिलालाई गोलि हानेर हत्या

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

डोटीको जोरायल गाउँपालिकामा वडा नम्बर ४ देउथलामा एक महिलालाई गोलि हानेर हत्या गरिएको छ । आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी २० वर्षिया अनिता वनको भरुवा बन्दुकको गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ ।
अनितालाई उनलाई २२ वर्षिया श्रीमान खडक वनले गोली हानी हत्या गरेको आशंका गरिएको छ । मृतक अनिता र उनका श्रीमान मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफुले गोली नहानेको बताएका इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले बताए । मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।
घरको माथिल्लो तलामा रहेका दुइ कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सइ थापाले बताए ।
अनिताका श्रीमान खडकले आफु घरको तल्लो तलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफु माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बताएको प्रहरीले जानकारी दिएको छ । घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाई बल खेल्न गएको बताईएको छ ।
घरमा दुई श्रीमान श्रीमती मात्र भएको समयमा घटना हुदाँ श्रीमानले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । निज बनको घरमा राखिएको भरुवा बन्दुक अबैध रहेको समेत प्रहरीले जनाएको छ ।
प्रहरीले खडक वनलाई नियन्त्रणमा राखी घटनास्थललाई सुरक्षा घेरामा राखेर घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिलिप सिं देउवा बताए । उनले भने हामी घटनाको अनुसन्धान गरिरहेको छौ घटना कसरी भयो कसले गर्यो भन्ने विषयमा तत्कालन भन्न नसकिने बताए ।
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फाल्गुन १३ गते भागी विवाह भएको र फाल्गुन २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको पारिवारीक स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।