०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

डोटीमा एक महिलालाई गोलि हानेर हत्या

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

डोटीको जोरायल गाउँपालिकामा वडा नम्बर ४ देउथलामा एक महिलालाई गोलि हानेर हत्या गरिएको छ । आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी २० वर्षिया अनिता वनको भरुवा बन्दुकको गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ ।
अनितालाई उनलाई २२ वर्षिया श्रीमान खडक वनले गोली हानी हत्या गरेको आशंका गरिएको छ । मृतक अनिता र उनका श्रीमान मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफुले गोली नहानेको बताएका इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले बताए । मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।
घरको माथिल्लो तलामा रहेका दुइ कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सइ थापाले बताए ।
अनिताका श्रीमान खडकले आफु घरको तल्लो तलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफु माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बताएको प्रहरीले जानकारी दिएको छ । घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाई बल खेल्न गएको बताईएको छ ।
घरमा दुई श्रीमान श्रीमती मात्र भएको समयमा घटना हुदाँ श्रीमानले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । निज बनको घरमा राखिएको भरुवा बन्दुक अबैध रहेको समेत प्रहरीले जनाएको छ ।
प्रहरीले खडक वनलाई नियन्त्रणमा राखी घटनास्थललाई सुरक्षा घेरामा राखेर घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिलिप सिं देउवा बताए । उनले भने हामी घटनाको अनुसन्धान गरिरहेको छौ घटना कसरी भयो कसले गर्यो भन्ने विषयमा तत्कालन भन्न नसकिने बताए ।
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फाल्गुन १३ गते भागी विवाह भएको र फाल्गुन २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको पारिवारीक स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । कारागारमा बेहोस भेटिएका कैदीको मृत्यु भएको छ। सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारले जनाएको छ। बैंकिङ कसुरका आरोपी पाली सोमबार राति अचेत अवस्थामा भेटिएका थिए। लगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। […]

दाङ । घोराही मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालय काठमाण्डौको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको आतिथ्यता एवं मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालयका प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत समेतमा […]

आज २०८२ साल असार ४ गते बुधबार। असार कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन १८ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : दिन राम्रो छ। काममा उत्साह बढ्ने छ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। […]

error: Content is protected !!