२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

शुक्रबारदेखि लकडाउनलाई कडा बनाउने मर्निङवाक गर्नेलाई पनि कार्वाही हुने

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

(सागर थापा) दाङमा शुक्रबारदेखि लकडाउनलाई कडा बनाइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले सुरु गरेको लकडाउनलाई शुक्रबारदेखि थप कडा बनाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभयो ।
दिनभर लकडाउनको पालना गरिने भए पनि बिहानको समयमा मर्निङवाकको बाहनामा बजारमा भिडभाड बढ्दै जान थालेपछि लकडाउनलाई कडा बनाइने प्रहरी प्रमुख एसपी भट्टराईले जानकारी दिनुभयो । ‘कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले सुरु गरेको लकडाउनलाई शुक्रबारदेखि थप कडा बनाउने तयारी गरेका छौं । मर्निङवाकको बाहनामा बजारमा भिडभाड बढ्दै जान थालेकाले लकडाउनलाई कडा बनाउन बाध्य भएका छौं’, प्रहरी प्रमुख भट्टराईले भन्नुभयो, ‘बजारमा भेटिने जो कोहीलाई पनि कारबाही गर्ने तयारीमा छौं । अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कनेहरु कारबाहीमा पर्ने हुँदा घरबाहिर ननिस्कन अनुरोध गर्दछु ।’
कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन सुरु गरेको थियो । जारी लकडाउन बैशाख ३ गतेसम्मका लागि तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]