२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लकडाउन खुकुलो पार्नेबारे छलफल

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

आईतवार मन्त्रिपरिषद बैठक बस्ने काठमाडौं सरकारले लकडाउन खुकुलो पार्नेबारे छलफल थालेको छ। पछिल्लो समय बढाइएको लकडाउनको समयसीमा १५ गते सकिँदै छ। एक महिनाभन्दा बढि समय देखि जारी लकडाउनको अबको स्वरुप कस्तो बनाउँने भन्नेबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक बसिरहेको छ। सिंहदरबारमा जारी बैठकमा लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने विषयमा छलफल भइरहेको छ। समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ । लकडाउनको कस्तो स्वरुप बनाउँने भन्नेबारे आजको बैठकले सरकारलाई सुझाव दिने छ। भोलि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने बताइएको छ। यसअघि शुक्रबार बसेका मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई कसरी लैजाने भन्ने बारे छलफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नयाँ मोडालिटीबारे छलफल गरी प्रस्ताव ल्याउन उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका थिए । कोरोना संक्रमणको अवस्था हेरेर विभिन्न स्थानको वर्गीकरण गरी त्यसै अनुसार फरक फरक नीति लिने सरकारको तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!