२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौं अपराध महाशाखा प्रमुखको जिम्मेवारी SSP थापाले सम्हाले

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

(एबिसी क्राईम ब्युरो)
नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले मंगलबारदेखि महानगरीय अपराध महाशाखाकाको प्रमुखको कार्यभार सम्हालेका छन् । उपत्यकाको अपराध अनुसन्धान तथा नियन्त्रणको जिम्मेवारी पाएको महानगरीय अपराध महाशाखाको कार्यभार सम्हालेका एसएसपी थापा दुई बर्षदेखी प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाको प्रमुख थिए । महाशाखामा रहेर नेपाल प्रहरीलाई बेरुजु फर्छ्यौटमा दुई बर्ष पुरस्कार दिलाउन सफल भएका एसएसपी थापा आफै पनि दुईवटै आर्थिक बर्षमा पुरस्कृत भएका थिए । यसअगाडीका महानगरीय अपराध महाशाखाको प्रमुख रहेका सहकुल थापा डीआईजी बढुवा भएर केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) मा पदस्थापन भएपछी महाशाखा नेतृत्वबिहिन थियो । डीएसपी हुँदा खोटाङ, महाराजगन्ज बृत्त, इलाका प्रहरी कार्यालय बुटवल तथा एसपीको रुपमा जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड सम्हालेका एसएसपी थापा अपराध अनुसन्धान, पुलिसिङ तथा कमाण्ड कन्ट्रोलमा राम्रो दख्खल राख्ने अधिकृतका रूपमा चिनिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!