३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

काठमाडौं अपराध महाशाखा प्रमुखको जिम्मेवारी SSP थापाले सम्हाले

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

(एबिसी क्राईम ब्युरो)
नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले मंगलबारदेखि महानगरीय अपराध महाशाखाकाको प्रमुखको कार्यभार सम्हालेका छन् । उपत्यकाको अपराध अनुसन्धान तथा नियन्त्रणको जिम्मेवारी पाएको महानगरीय अपराध महाशाखाको कार्यभार सम्हालेका एसएसपी थापा दुई बर्षदेखी प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाको प्रमुख थिए । महाशाखामा रहेर नेपाल प्रहरीलाई बेरुजु फर्छ्यौटमा दुई बर्ष पुरस्कार दिलाउन सफल भएका एसएसपी थापा आफै पनि दुईवटै आर्थिक बर्षमा पुरस्कृत भएका थिए । यसअगाडीका महानगरीय अपराध महाशाखाको प्रमुख रहेका सहकुल थापा डीआईजी बढुवा भएर केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) मा पदस्थापन भएपछी महाशाखा नेतृत्वबिहिन थियो । डीएसपी हुँदा खोटाङ, महाराजगन्ज बृत्त, इलाका प्रहरी कार्यालय बुटवल तथा एसपीको रुपमा जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड सम्हालेका एसएसपी थापा अपराध अनुसन्धान, पुलिसिङ तथा कमाण्ड कन्ट्रोलमा राम्रो दख्खल राख्ने अधिकृतका रूपमा चिनिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!