०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

VIP सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने सरकारको निर्णय

Logo
प्रकाशित सोमबार, बैशाख २९, २०७७

काठमाडौँ सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि खटाउने निर्णय गरेको छ। सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने निर्णय भएको जानकारी गराउनुभएको छ। उहाँले भन्नुभयो, भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ। सीमामा सुरक्षा संयन्त्र बढाउने योजनाका साथ उक्त निर्णय गरिएको हो। सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालन भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश […]

  काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा, प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लको अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार […]

मेष राशि – आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ । बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । […]

error: Content is protected !!