२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

ईप्रका भालुवाङ्ग प्रहरीले २१५ लिटर अवैध मदिरा नष्ट गर्यो

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

(बिदुर एमसी) दाङ भालुवाङ्ग बैँशाख ३० मङ्गलवार बिहान इलाका प्रहरी कार्यालय भालुवाङ्गले २ सय १५ लिटर अवैध घरेलुु मदिरा नष्ट गरेको छ । केही दिन अघि पूर्वबाट पश्चिमतिर जादै गरेको एउटा मालबाहक ट्रकबाट सो मदिरा गाडी जाँच गर्ने क्रममा फेला परेको इप्रका भालुवाङ्गले जनाएको छ ।जारी लक डाउनका समयमा ड्युटीमा तैनाथ सुरक्षाकर्मिहरुद्वारा उक्त अवैध घरेलुु मदिरा भालुवाङ्गकाे पूर्वपश्चिम राजमार्ग राप्ती पूलनेर सो मदिरा फेला परेको प्रहरीले जनाएको छ । ३ जना महिला र १ जना पुरुष गरि ४ जना मानिसहरुले मालवाहक ट्रकमा लुकाएर यसरी साे मदिरा पश्चिमतर्फ लैजादै थिए । साना ठूला गरि १५ वटा जर्किनमा साे मदिरा लगिदैथियो ।दाङ्ग जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिका वडा न १ का वडाध्यक्ष ताराबहादुर डिसीकाे उपस्थितिमा साे मदिरा नष्ट कार्यक्रममा स्थानीय पत्रकार, समाजसेवी, बुध्दिजीवि र व्यापारीहरुकाे उपस्थिति रहेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!