२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीको भुमिका तथा दार्चुला बासीको विकास क्रम

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

article ( बिजेन्द्र सिंह )तत्कालिन समयमा विशेष गरि श्री ५ को सरकारले सशस्त्र प्रहरी बल बि.स.२०५७ सालमा सिमाको सुरक्षा गर्ने हेतुले स्थापना गरिएको थियोे । लगभग ३७५०० को संख्यामा रहेका जनशक्ति केवल राजश्व , भन्सार तथा औद्योगिक सुरक्षा गर्ने, UN मिसनमा जाने,खेलकुदमा भाग लिने तथा केही संख्या तथा केही ठाउँमा मात्र सिमा सुरक्षा गर्ने गरेका छन। हालैमा दार्चुलाको छाङरुमा बर्डर आउट पोस्ट स्थापना गर्ने निर्णय गरे पनि नागरिकको आंखामा छारो हाल्ने काम मात्र गरेको देखिन्छ। किनकी छाङरुबाट कालापानी पुग्नु भन्दा १२ कि.मि. वरै , लुपुलेक पुग्नु भन्दा २३ कि.मि. वरै र लिम्पुवाधुरा पुग्नु भन्दा ४०कि.मि. वरै रहेको छ। यदि यश क्षेत्रको नागरिकको सुरक्षा तथा हितमा सरकारले काम गर्ने हो भने यस् क्षेत्रको आय स्रोत पनि तातोपानी नाकाको जस्तै हुन्थ्यो र यस क्षेत्रको बिकास तथा जीवन पद्धति पनि परिवर्तन हुन्थ्यो होला। किनकि दार्चुला देखि तिङकर सम्मको १३४ कि.मि.को मोटर बाटो पहिले देखि नै आंशिक रुपमै निर्माणधिन नै छ । तर यो बाटो निर्माणका लागि बर्तमान के.पि ओलि को सरकारले शून्य बजेट विनियोजन गरिदिएको छ। तसर्थ यश बाट के बुझ्न सकिन्छ भने वर्तमान सरकार नै यश क्षेत्रको विकास चाहंदैन। यो बाटो तिङकर हुँदै मानसरोवर र तम्लाकोट जान सकिन्छ । यदि यो बाटो सिघ्र निर्माण गरेर संचालन गरिन्थ्यो भने कैलाश मानसरोवरको जाने तिर्थालुको लागि तथा व्यापारीहरुको लागि सुनौलो अवसर प्रदान गर्न सकिन्थियो। साथै भारत र चिन बिचको लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने गरि भएको सम्झौतालाई पनि थप दबाव सृजना गर्न सकिन्थियो। तसर्थ बिवादित क्षेत्रमा सशस्त्र प्रहरीको अधिक मात्रमा वर्डर आउट पोस्ट निर्माण गरि नागरिकको जिबन पद्धती र देश को सिमाको सुरक्षा गर्नु पर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]