३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

अहोरात्र सुरक्षामा खट्ने प्रहरीलाई नास्ता खुवाउने युवा ब्यबसायीमाथि गलत आरोप

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

(ए बि सि संचार ब्युरो )बाँके कोहलपुर विश्वभरि फैलिरहेको कोभिड १९ नामक काेराेना भाइरसको संक्रमण देशभर भेटिएलगतै नेपाल सरकारले देशलाई लक डाउन गरेको आज ५५ औ दिन भएको छ। अहिलेको अवस्थामा अाम नागरिकहरु घरभित्र छन् । तर तिनै नागरिकहरुलाई सुरक्षा प्रदान गर्नका लागि आफ्नो जिउ ज्यान र परिवार पनि नभनेर चर्को घाममा पनि अहोरात्र सडकमा जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुका लागि मनोबल उच्च बनाउने र सबैले सहयोग गर्नुपर्ने बेला प्रहरीलाई आरोप प्रत्यारोप लगाउनुले प्रहरी दुखी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर बाकेका प्रहरी प्रमुख डिएसपी कुलदिप चंन्दले
व्यक्तिगत सुरक्षा बिनानै नागरिकको सेवामा हामी प्रहरी अहोरात्र खटिनुपर्ने अवस्था भएकोले देशमा ठुलो महामारी हुन नदिन प्रहरी र नागरिकका वीचमा राम्रोसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा उल्टै सेवामा लागिरहेका प्रहरी र सुरक्षाकर्मीहरु माथि यश प्रकारका हद सम्मको अाराेप लगाउनु विशुद्ध पत्रकारिताकाे नियम विपरीत मात्रै नभई आम नागरिकहरुको स्वास्थ्य माथिको खेलवाड हो भनेर भन्नुमा अत्युक्ति नहोला । यस्तो चर्को घाम अनि कोरोनाको महामारीको समयमा पनि एउटा कुनै आम नागरिकले प्रहरीका लागि आफूसङ्ग भएको गाडी सहयोग मात्र गरेका छैनन् । बरु हालसालै किनिएको नयाँ चलाउन अन्य चालकहरुको भराेसा नगरी अाफ्नाे गाडी आफैं चलाएर प्रहरी निकाय मार्फत कोहलपुरका एक स्थानीय युवा माइकल सापकोटाले आम नागरिकहरुको सेवाका लागि प्रहरीले अनुरोध गरेका बखत जतिखेर पनि खट्ने गरेका छन् । यस्तो चर्को घाम अनि कोरोनाको महामारीको समयमा पनि एउटा कुनै आम नागरिकहरुको सेवाका लागि प्रहरीले अनुरोध गरेका बखत जतिखेर पनि खट्ने गरेका छन् । घरको कोठाभित्र मज्जाले बसेर पत्रकारिता गर्ने नाउँमा यस्तो अप्ठ्यारो अवस्थामा पनि आफ्नो ज्यु ज्यानको कुनै वास्ता नराखेर यश प्रकारका नागरिकहरुबाट प्राप्त सहयोगमा एउटा गाडी लिएको कुरालाई निकै उचालेर तिलको पहाड बनाई मन गढन्ते तरिकाले समाचार सम्प्रेषण गरिनुले एउटा सिङ्गो प्रहरी सङ्गठन मात्र होइन आम चेतनशील नागरिकहरुले निकै चिन्ता व्यक्त गरेका छन् । स्थानीय युवा व्यवशायी सापकोटाले लक डाउनकाे प्रारम्भिक चरणदेखि नै सुरक्षाका लागि ड्युटीमा खटिएका सुरक्षाकर्मीहरुलाई पानी, चाउचाउ, बिस्कुट, फ्रुटी, खाना, नास्ता जस्ता खाने पिउने बस्तुहरु वितरण गर्दै आइरहेको बताएका छन् । र आगामी दिनमा पनि लक डाउनका अवधिभर अाफ्नाे सहयोगी कार्यलाई जारी राख्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!